Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री सोनल निकट राजपा बिद्यार्थी नेता मनीष मिश्र ठगी काण्डमा पक्राउ

प्रदेश २ स्थित सत्तासिन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० को विद्यार्थी संगठनका अध्यक्ष (तत्कालिन तमलोपा बिद्यार्थी नेता) मनीष मिश्र चेक बाउन्स काण्डमा पक्राउ परेका छन् ।

सर्लाहीका प्रहरी निरीक्षक प्रमोदकुमार यादवका अनुसार विद्यार्थी अध्यक्ष मिश्रलाई सोमबार सर्लाहीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका अध्यक्ष मिश्रलाई काठमाडौं पठाइएको निरीक्षक यादवले जानकारी दिए ।

चेक बाउन्स काण्डमा राजपा नेपाल निकटको विद्यार्थी संगठनका अध्यक्ष मिश्रविरुद्ध पाटन उच्च अदालत ललितपुरमा मुद्धा परेको थियो । अदालतको आदेशमा महानगरीय प्रहरी टेकुले मिश्रविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही पक्राउ पुर्जीअनुसार मिश्रलाई पक्राउ गरिएको हो । महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी निकटको विद्यार्थी संगठनको समेत मिश्र महासचिव थिए ।

राजपाका नेता एवम् प्रदेश २ का मन्त्री जितेन्द्र सोनल निकट मानिने अध्यक्ष मिश्रले ठेक्का पट्टाबाट अबैध असुली समेत गर्ने गरेको आरोप छ ।

अध्यक्ष मिश्रलाई प्रदेशमन्त्री सोनलले संरक्षण गर्दै आएका थिए । अहिले पनि मन्त्री सोनलले मिश्रलाई बचाउन शक्तिकेन्द्रलाई फोन गरेर धम्की दिएको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्