Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रद्धा र विश्वासको पर्व नाग पञ्चमी : नाग देवतालाई पूजा गर्ने भक्तजनको भीड (फोटोफिचर)


नाग पञ्चमीका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । तस्बिर : रोशन सापकोटा

आज श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन । नाग देवतालाई पूजा गरेर मनाइने नाग पञ्चमीको विभिन्न तस्विरहरु सार्वजनिक गरिएकाे छ ।

नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ ।

नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । तस्बिर : रोशन सापकोटा

आज नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

नाग पञ्चमीको विशेषता :
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।

यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको आयोजनामा सोमबारदेखि शुरु शिव महिमा बोलबम महोत्सवको उदघाटन समारोह अघि निकालिएको कलशयात्रामा सहभागी सर्वसाधारण । तस्वीर : कृष्ण न्यौपाने

स्याङजा : नागको पूँजा गर्दै, वालिङ नगरपालिका-९ स्थित भुम्रेमा सोमबार नागपञ्चमीको दिन स्थानीय बासिन्दा नागको पुँजा गर्दै । तस्वीर : हिमलाल पराजुली
लमही (दाङ) : नाग पञ्चमीको पुँजा गर्दै दाङ लमही नगरपालिका-५ का स्थानीय । तस्वीर : दीपक बोहरा
पोखरा : परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का स्थानीय । तस्वीर : वासुदेव पौडेल

 

 

प्रकाशित मिति: Aug 5, 2019

प्रतिक्रिया दिनुहोस्