Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखामा पहिरो : दुई जना बेपत्ता, सयभन्दा बढी घर उच्च जोखिममा

सांकेतिक तस्बिर

दोलखा : जिल्लाको गौरीशङ्कर गाउँपालिका-१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका-२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् ।

हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिए ।

बसमा सवार करीब २० यात्रुको भने सकुशल उद्धार गरिएको छ । उनका अनुसार सोही पहिरोमा परी खत्री पनि बेपत्ता भएका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

रातिदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपुलगायतका स्थानका सयभन्दा बढी घर उच्च जोखिममा रहेको बताइएको छ ।

पहिरोमा परी अन्य केही स्थानीयवासी पनि सामान्य घाइते भएका छन् । अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Aug 3, 2019

प्रतिक्रिया दिनुहोस्