Logo
३० मङि्सर २०७६, सोमबार
(August 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट, कागजपत्र जलेर नष्ट

रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिका-३, को वडा कार्यालयमा अज्ञात समूहले ग्यास सिलिन्ड विस्फोट गराएका छन् ।

भिरपानीस्थित वडा कार्यालयभित्र खाना पकाउने प्रयोजनका लागि राखिएको ग्यास सिलिन्डर अज्ञात समूहले विस्फोट गराएको हो ।

उक्त वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर शनिबार बिहान करिब २ः३० बजे विस्फोट गराइएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार, कार्यालयको छानाको जस्ता निकाली विस्फोट गराइएको छ । विस्फोटबाट कार्यालयमा राखिएका कम्प्युटर, दराज तथा कागजपत्र जलेका छन् । वडाध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटर तथा कागजातहरू भने सुरक्षित रहेको कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समूहले गराएको विस्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार १२:५३

प्रतिक्रिया दिनुहोस्