Logo
६ बैशाख २०८१, बिहीबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय न्यूज च्यानल आजतक भन्छ : ‘राजेश हमाल नेपालका अमिताभ बच्चन’

भारतको सबैभन्दा लोकप्रिय तथा नम्बर वान न्यूज च्यानल ‘आज तक’ ले  नेपाली चलचित्रका सफल नायक राजेश हमालको तुलना बलिउडका सफल नायक अमिताभ बच्चनसँग गरिएको छ ।

आजतकले नायक राजेश हमालको तस्वीरहरु राख्दै उनको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ ।

सन् १९८८ मा रिलिज भएको चलचित्र ‘यूगदेखी यूगसम्म’ बाट नेपाली चलचित्रमा प्रवेश गरेका राजेश हमालले दर्शकमाझ गहिरो छाप समेत छाडेका छन् ।

चलचित्र क्षेत्रमा आउनका लागि हमालले पारिवारिक विरोध समेत झेलेको आजतकले उल्लेख गरेको छ ।

‘आज तक’ को अनलाइन संस्करणमा लेखिएको छ-‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् ।

तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को उपाधि समेत दिइएको छ । ५५ बर्षका राजेशको पहिचान नेपालमा भारतमा अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।’

आज तक मा अगाडि लेखिएको छ-‘राजेशको अभिनय र अध्ययनको यात्रा सजिलो भने थिएन । राजेशका पिता चुडाबहादुर हमाल राजदुत थिए । नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रुपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।’

 

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्