Logo
१५ चैत्र २०८०, बिहीबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपासंग एकिकरण नहुनेभएपछि महाधिवेशनको तयारीमा राजपा, सुरु भयो अध्यक्षमण्डलको बैठक

काठमाडौँ : बबरमहलस्थित पार्टी कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका बैठक आज बसिरहेको छ । उक्त पार्टीको बैठक लामो समय देखि स्थगित रहेको थियो ।

आजको जारी बैठकमा अगामी महाधिवेशनको तयारी, काँग्रेससँग कार्यगत एकता, संसदमा विभिन्न दलसँग भइरहेको एकीकरणको प्रयास लगायतका विषयमा छलफल भइरहेको राजपा नेपालका सचिव सञ्जय यादवले जानकारी गराए ।

राजकिशोर यादव राजपा नेपाल अध्यक्षमण्डलको संयोजक भएपछि यो पहिलो बैठक हो । राजपा नेपालले कात्तिक २८, २९ र ३० गते महाधिवेशन गर्ने मिति तय गरेको छ ।

उता, समाजवादी पार्टी, नेपालसँग एकताको विषयमा अनौपचारिक वार्ता पनि भइरहेको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढेको नेताहरु बताउँछन् । तर दलको नेतृत्व कसले गर्ने पदाधिकारी बाँडफाँड कसरी गर्ने त्यसमा सहमति हुन नसकेको स्रोतहरु बताउँछन् ।

त्यस्तै, राजपा नेपालले संसदमा काँग्रेससँग कार्यगत एकता गर्दै संघर्षमा उत्रेका छन् । सर्लाहीका कुमार पोडेल र सरोजनारायण सिंहको हत्यालाई लिएर संसदमा अवाज उठाउन काँग्रेस र राजपाबीच कार्यगत एकता भएको छ ।

सो कार्यगत एकतालाई निरन्तरता दिनका लागि पनि दुई दलको बीचमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्