Logo
७ बैशाख २०८१, शुक्रबार
(July 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन’

काठमाडौं : उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले मधेश डुवानको दीर्घकालीन समाधानका लागी एकीकृत योजना बनाउने प्रस्ताव गरेका छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतसँगको छलफलमा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

प्रदेशका भौतिक मन्त्री जितेन्द्र सोनलसहित उर्जा मन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेसमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसँग छलफल गरे ।

भेटमा मन्त्री पुनले बाढी र डुवान समस्या लगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए ।

‘डुवानको जरो कुरा पत्ता लगाउनका लागी एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाए मात्र दिर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुँदैन’ मन्त्री पुनले भने ।उनले तत्कालीन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागी एकिकृत योजना बनाउनुको विकल्प नभएको बताए ।

प्रदेश २ कामुख्यमन्त्री राउतले मधेसमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी दिए ।
उनले टालटुले समाधानले समस्याको हलनभएको भन्दै केन्द्र सरकारले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठुला नदि व्यवस्थापनमा मात्र गएको भन्दै मधेसमा रहेका साना नदीले पनि क्षति पुराउने गरेको जानकारी दिए ।

उनले उर्जामन्त्री पुनसँग मधेसमा बाढी र डुवानका कारण अर्बौको धनजनको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागी दीर्घकालीन योजना बनाइदिन आग्रह गरे । ‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अवव्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भू-भाग नै खतरामा पर्ने सम्भावना छ ।’ मुख्यमन्त्री रावतले भने ।

प्रकाशित मिति: Jul 29, 2019

प्रतिक्रिया दिनुहोस्