Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साँझ सम्ममा कक्षा १२ को परीक्षाफल प्रकाशित हुने

काठमाण्डौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ ।

परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको छ ।

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

नतिजा प्रकाशनका लागि आज नै बोर्ड बैठक बोलाइएको छ ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति: Jul 29, 2019

प्रतिक्रिया दिनुहोस्