Logo
४ बैशाख २०८१, मंगलबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंगापुरसँग हार्‍यो नेपाल : ग्लोबल क्वालिफायर पुग्ने सपना समाप्त

काठमाडौं : ICC-20/20 विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल सिंगापुरसँग पराजित भएसँगै ग्लोबल क्वालिफायर पुग्ने सपना समाप्त भएको छ । एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

जसरी शर्मनाक हार ब्यहोरर्दै विश्वकप क्रिकेटबाट भारत बाहिरिएको थियो ठिक त्यस्तै स्टाइलमा एशिया छनोटबाट नेपाल बाहिरिएको छ । “गर या मर” को खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको आइसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको छनोट यात्रा टुंगिएको छ ।

सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गर्दै विजयकुमारमार्फत बोल्ड भएका थिए । दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट हुँदा शरद भेषवाकर ७ रन बनाए ।

सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारीले ९, रोहित कुमार पौडेलले ५ रन बनाएका थिए । सन्दीप लामिछाने र करण केसीले खाता नै खोल्न सकेनन् । नेपालका खेलाडीलाई सस्तैमा समेट्न सिंगापुरका विजय कुमारले ४ विकेट लिए । बिनोथ बसक्रनले २ विकेट लिँदा अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णको नाममा १–१ विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९२ रनको लक्ष्य दिएको हो ।

सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए । सिंगापुरलाई फराकिलो रनतर्फ डोर्याएका टिम अभिनास बोहराको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच भए ।
रोहन रङगराजन अर्धशतक बनाउन १ रनले चुके ।

३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी पनि अभिनास बलमा शरद भेषवाकरमार्फत क्याच भएका थिए । मनप्रित सिहंले ४२ रन बनाए । २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रित करण केसीको बलमा दिपेन्द्रसिहं ऐरीमार्फत क्याच भए । ओपनर सुरेन्द्रन चन्द्रमोहन ८ रनमा पवेलियन फर्किएका चेतन सूर्यवंशीले खाता नै खोल्न सकेनन् ।

७ बल खेल्दै २ चौका प्रहार गरेका चन्द्रमोहन करण केसीको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच हुँदा चेतन अभिनासको शिकार भए ।अनिस परम ९ रनमा अबिजित रहँदा अन्नथ कृष्णले १ रन तथा जनक प्रकाशले कुनै रन न जोड्न सकेनन् । नेपालका अभिनास बोहराले ४ विकेट लिए । करण केसीका नाममा २ विकेट रह्यो । जितसँगै सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्