Logo
१३ बैशाख २०८१, बिहीबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेटबाट भारत बाहिरिएको ‘स्टाइल’मा एशिया छनोटबाट नेपाल बाहिरियो

काठमाडौं : जसरी शर्मनाक हार ब्यहोरर्दै विश्वकप क्रिकेटबाट भारत बाहिरिएको थियो ठिक त्यस्तै स्टाइलमा एशिया छनोटबाट नेपाल बाहिरिएको छ । “गर या मर” को खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको आइसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको छनोट यात्रा टुंगिएको छ । १२ साउनको विहान सिंगापुरमा भएको खेलमा छ विकेटको क्षतिमा सिंगापुरले एक सय ९२ रनको कठिन लक्ष्य दिएपछि नेपालका शुरुवाती ब्याट्सम्यानहरु धमाधम आउट भए ।

ओमान, हङकङ र यूएईजस्ता आफू समानका प्रतिद्वन्दीसँग भिडनु नपर्ने स्थितिका कारण यसपटक नेपाललाई टी-ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटमा निर्विकल्प जस्तै मानिएको थियो विजेताका रुपमा।

पाँच टोली सहभागी भएको प्रतियोगिताबाट एउटा टोलीमात्र अगाडि बढ्ने कारण हरेक खेलमा जितको विकल्प थिएन। तर नेपाल पहिलो खेलमै पराजित भयो कतारसँग। १५ ओभरमा सबै विकेट गुमाएर नेपाल १०९ रनमा सिमित भयो । नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । बलरहरु जम्न नसक्दा नेपाल हार्न पुग्यो । नेपालका स्टार बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, सरद भेष्वाकर र वसन्त रेग्मीले कुनै विकेट लिन सकेनन् । अभनिष बोहराले चार र करन केसीले दुई विकेट लिए ।

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालका लागि यो समग्रमा बिर्सनलायक प्रदर्शन र नतिजा बनेको छ। सन् २०१४ को टी-ट्वेन्टी विश्वकप खेलेको नेपाल त्यसयता केवल एकपटक मात्र विश्वस्तरको छनोटमा पुगेको छ। विश्वकप अघि नेपालले दुई पटक विश्वस्तरको छनोट खेलेको थियो।

नेपालका नवनियुक्त प्रशिक्षक उमेश पटवालका लागि बिर्सनलायक सुरुवात पनि बनेको छ। प्रतियोगिताअघि मलेसियासँग भएको टी-ट्वेन्टी क्रिकेट शृंखला नेपालले जितेपनि उनको प्रशिक्षणमा नेपालको पहिलो परीक्षा यसै विश्वकप छनोटलाई मानिएको थियो।

सिंगापुरका खेलाडीले वसन्त रेग्मीको बलमा सबैभन्दा बढी ५४ रन बनाउन सके । त्यसपछि अभिनाष बोहरा र सन्दीप लामिछानेको बलमा ३५ र ३४ रन बनाउन सके ।

कप्तान पारस खड्का १० बलमा १२ रन बनाएर आउट भए । कुवेतमाथिको जीत हुँदा नायक भएका उनले सिंगापुरविरुद्ध फितलो प्रदर्शन गरे । ज्ञानेन्द्र मल्लले चार चौका र तीन छक्का प्रहार गरेर ३९ रन बनाएर आशा दिलाएपनि उनी सेलाडोर विजयकुमारको बलमा आउट भए ।
शरद भेष्वाकर ११ बलमा सात रन बनाएर आउट भए । रोहित पौडेल, विनोद भण्डारी सस्तैमा आउट भए करण केसी विना कुनै रन बनाएर आउन भए ।

सिंगापुरको जीतमा टिम डेभिड नायक भए । उनले आठ चौका र तीन छक्का हानेर ४३ बलमा ७७ रन बनाए । रोहन रङ्गराजनले ३३ बलमा ४९ रन बनाए । मनप्रीत सिंहले २७ बलमा ४२ रन बनाए । नेपाली बलरहरु जम्न नसक्दा सिंगापुरले १९१ रनको विशाल स्कोर बनाउन सक्यो ।

११ ओभर खेल्दा नेपालले छ विकेट गुमायो । रन रेट बढेपछि छक्का र चौका अनिवार्य भएपछि नेपाली ब्याट्सम्यानहरु आउट भएका हुन् । खेलमा ठूलो स्कोरलाई पछ्याउने आत्मविश्वासका साथ मैदानमा उत्रिएपनि सिंगापुरका बलरहरु सामु टिक्न सकेनन् ।

जित्नैपर्ने वाध्यताका कारण पनि खेलाडीहरु दबाबमा परे । पराजित भएपछि नेपालले ग्लोबल क्वालिफाई चरणमा स्थान बनाउन सकेन । जितसँगै सिंगापुर १४ देश सम्मिलित ग्लोबल क्वालिफाई चरणमा पुगेको छ । उसले युएइमा अक्टोबरमा हुने छनोट चरण खेल्नेछ ।

१४ देशमध्येबाट छ शिर्ष टोलीले विश्वकप खेल्न पाउनेछन् । राउन्ड रोविनको खेलमा छनोट हुने छ टोली अष्ट्रेलियामा २०२० मा आयोजना हुने टी ट्वेन्टी विश्वकप खेल्न छानिनेछन् ।

 

नेपालविरुद्ध ७७ रन बनाएका सिंगापुरका डेभिड जो अस्ट्रेलियाको घरेलु प्रतियोगिता खेल्थे

घरेलु टोली सिंगापुर अप्रत्यासित प्रदर्शन गर्दै टी-ट्वेन्टी विश्वकप क्रिकेटको विश्वस्तरको छनोटमा पुगेको छ । राउन्ड रोबिनको अन्तिम तथा निर्णायक खेलमा आइतबार दाबेदार मानिएको नेपालविरुद्ध ८२ रनको जित हात पार्दै‌ सिंगापुर १४ टोली सहभागी हुने विश्वस्तरको छनोटमा पुगेको हो ।

पहिला ब्याटिङ गरेको सि‌ंगापुरले एक सय ९२ रनको लक्ष्य प्रस्तुत गर्नु नै नेपालका लागि अनपेक्षित थियो । नेपालका होनाहार बलरलाई निराश बनाउने सिंगापुरका ब्याट्सम्यान थिए टिम डेभिड । यो खेलमा उनले एक सय ७९ रनको स्ट्राइक रेटमा ७७ रन बनाए । डेभिडको पालीमा तीन छक्का र ८ चौका सामेल रह्यो।

२३ वर्षीय डेभिडले अस्ट्रेलियाको उमेरस्तरको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले अस्ट्रेलियाको यू-२३ राष्ट्रिय प्रतियोगितामा वेस्टर्न अस्ट्रेलियाबाट खेलेका थिए ।

उनले अस्ट्रेलियन युनिभर्सिटिज, पर्थ स्कर्चर्स, वेस्टर्न अस्ट्रेलिया-११ बाट खेलिसकेका छन्। सन् २०१९ देखि डेभिडले सिंगापुरका लागि खेल्न थालेका हुन् । अघिल्लो वर्षसम्म उनले अस्ट्रेलियाको घरेलु प्रतियोगिता खेलेका थिए ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्