Logo
६ बैशाख २०८१, बिहीबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा थारु कला केन्द्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुहवी : सुनसरीको दुहवी स्थित दिनेश स्मृति प्रतिष्ठानमा थारु कला केन्द्रको १ नम्वर प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा थारु अगुवा नेता तथा बुद्धिजिवीहिरुले मिस्टर एण्ड मिस थारु आइकन सिजन २ को अडिसनको
बारेमा सल्लाह सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा थारु समुदायमा रहेको विकृति विसंगती बिरुद्ध कसरी डटेर सामना गर्ने भन्ने बारेमा आ–आफ्नो सुझाव सल्लाह दिएका थिए ।

थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासको अध्यक्षतामा समपन्न कार्यक्रममा मिलिराम चौधरी, आशनारायण चौधरी, सुचि चौधरी, सम्पतलाल चोधरी, भोलाराम चौधरी, प्रेमलाल चौधरी लगायतका थारु अगुवा नेता तथा बुद्धिजिवीहिरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jul 27, 2019

प्रतिक्रिया दिनुहोस्