Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा अनिल साहको शोकसभा

दुहवी : सुनसरीको दुहवी ५ स्थित साह अतिथि गृह धर्मशालामा अनिल कुमार साहको श्रद्धाञ्जली शोक सभा समपन्न भएको छ ।

साह सेवा समिति दुहवीका अध्यक्ष रहँनुका साथै विभिन्न संघ संस्थामा आवद्ध रहँनु भएका साहको शोक सभामा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले अनिल कुमार साहको योगदानको विषयमा चर्चा गर्नु भएको थियो ।

शोक सभामा दुहवीका पूर्व गाविस अध्यक्ष बिनय कुमार पोखरेल, नेपाली कांग्रेसका जिल्ला नेता प्रदिप चौधरी,साह सेवा समितिका केन्द्रिय सदस्य, जिल्ला अध्यक्षहरु लगायतले श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक मन्तव्य दिनु भएको थियो । श्रद्धाञ्जली शोक सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

प्रकाशित मिति: Jul 27, 2019

प्रतिक्रिया दिनुहोस्