Logo
८ बैशाख २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ८ नेपाली सेलिब्रेटी जसले टिकाउन सकेनन् वैवाहिक सम्बन्ध, गरे ‘डिभोर्स’

काठमाडौं :  नेपाली सेलिब्रेटीहरुको प्रेम सम्बन्धमा रहेको र छुट्टिएको चर्चा बारम्बार भइरहने गर्दछ । यी सेलिब्रेटीहरु क्हिले कोसँग त कहिले कोसँग प्रेम सम्बन्धमा रहिआएको खबर त सुन्ने गरेकै छौँ ।

हाल देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् ।त्यसैगरी आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ ।

यस्ता गसिप त फिल्मी क्षेत्रमा भइ नै रहनछन् । आज हामीले प्रेमको हैन, बिहे भएर पनि डिभोर्स भएका केही सेलिब्रेटीका बारेमा चर्चा गर्न गइरहेका छौँ । ती सेलिब्रेटीहरु यसप्रकार रहेका छन् :

१.  शिल्पा पोखरेल :

नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डिभोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डिभोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग बिहे हुनुअघि नै एउटा बिहे भएको थियो । र, डिभोर्स पनि भएको थियो ।

२.  छविराज ओझा र रेखा थापा :

नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएर डिभोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाले छविराज ओझासँग बिहे गरेकी थिइन् ।
यता छविराज ओझाले भने रेखासँग पारपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै डिभोर्सको प्रक्रियामा छन् । केही हप्ता अघि मात्र आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

३.  निखिल उप्रेती र सञ्चिता लुइँटेल :

अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् ।

४.  रीमा विश्वकर्मा :

नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डिभोर्स भयो ।

५.  प्रियंका कार्की :

नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् । तर पछि उनको रोचकसँग डिभोर्स भयो । अहिले उनी आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् । यी दुईको बिहे हुने चर्चा छ ।

६.  मौसमी मल्ल :
एक जमानाकी चर्चित नायिका मौसमी मल्लले चलचित्र ‘कान्छी’ बाट चलचित्रमा अभिनय थालेकी थिइन् । उनले धनविक्रम मल्लसँग बिहे गरेका थिइन् । तर, उनको वैवाहिक जीवन पनि लामो समय टिकेन ।

७.  अञ्जु पन्त :
गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो सम्बन्धपछि डिभोर्स गरे ।

८. भुवन केसी :
अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन ।

यस्तै शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, अरुणिमा लम्साल र अमित अर्याल, झरना बज्राचार्य, मिलन अमात्य र मेन्सन अमात्य लगायत कैयौँ सेलिब्रेटीको पनि डिभोर्स भएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्