Logo
७ बैशाख २०८१, शुक्रबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मी अपडेट : १३ जनाकै शव आफन्तलाई बुझाइँयो, बिस्थापित परिवारको नामावली संकलन सुरु

गुल्मी : गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति भएको छ । हाल उक्त पहिरोमा परि धनजन गुमाएका बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।

उक्त पहिरोबाट १३ जनाको मृत्यु भएको थियो । त्यी १३ जनाकै शव अहिले आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ ।
उनीहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्चका लागि गाउँपालिकाले १०र१९ हजार रकम उपलब्ध गराएको छ । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्