Logo
१३ बैशाख २०८१, बिहीबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीका लागि खुशीको खबर : मदिरा बेच्न छोड्नेलाई नगद पुरस्कार

काठमाडौं :  बैतडीमा मदिरा व्यवसाय बन्द गर्ने मदिरा व्यापारीलाई दोगडाकेदार गाउँपालिकाले पुरस्कृत गर्ने भएको छ । पुरस्कारस्वरुप प्रत्येक व्यक्तिलाई रु १ लाख दिइने घोषणा गरिएको छ । समाजमा फैलिएका विकृतिका कारण गाउँपालिकाले यस्ते निर्णय लिएको उपाध्यक्ष पार्वती कार्कीले बताएकी छिन् ।

यदि कोही मदिरा व्यापारीले मदिराको कारोबार रोक्छु भनी गाउँपालिकामा लाइसेन्स बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगततर्फबाट थप २० हजार रकम गरी जम्मा १ लाख २० हजार दिने उनले बताइन् ।

मदिराका कारण खासगरि महिला हिंसाका घटनाहरु बढेका उपाध्यक्ष कार्कीले बताइन् । उनले भनिन्, ‘ आफ्नै पतिले मदिरा सेवन गरी कुटपटि गर्ने गरेका धेरै घटनाहरु लिएर स्थानीय महिलाहरु आउछन्, तर पतिको नाममा उजुरी देउ भन्दा मान्दैनन्, डराउँछन् उपाध्यक्षले जसरी मिलाउने हो मिलाउ हामी आफ्नै पतिको नाममा कसरी मुद्दा हाल्ने भनेर भन्छन्, अब मैले कसरी मिलाउँ ? ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्