Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छवी र शिल्पाको विवाहमा साक्षी बसेका दाई भाउजु विरुद्ध अक्तियारमा उजुरी

नायिका शिल्पा पोखरेलले निर्माता छविराज ओझाको विवाहको साक्षी बसेका दाई भाउजु विरुद्ध उजुरी परेको छ ।

पोखरेलले ओझालाई घरेलु हिंसा गरेको भन्दै उजुरी दिएपछि उनीहरुको घरायसी विवाद एकाएक बाहिरिएको थियो ।

सोहि क्रममा नायिका शिल्पाले डिर्भोस समेत फाइल गरिसकेकी छिन् । तर, छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पालाई बहुविवाहको मुद्धा हालिन् । अब, यो मुद्धामा शिल्पाले भाई टिका लगाएकी दाई विकास रौनियार र उनीकी पत्नी सम्झना उप्रेती रौनियार विरुद्ध पनि उजुरी परेको छ ।

हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले निर्देशक विकास र सम्झनासँगै काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समेतको विरुद्धमा अक्तियारमा उजुरी दिएको हो ।

उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ । शिल्पालाई बैनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान दिएका थिए ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ ।

साक्षीहरुको हकमा माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्