Logo
८ बैशाख २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले गर्यो ज्येष्ठ नागरिकलाई घरघरमै भत्ताको व्यवस्था र ग्रिन सिटी प्रवर्द्धन गरिने

काठमाडौ : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

घर-घरमा सामाजिक भत्ता र्पुयाउनेगरी महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । काठमाडौं महानगरपालिकाले समग्र महानगरवासीको आर्थिक, सामाजिक र सांस्कृतिक हितको लागि बजेट ल्याइएको महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार काठमाडौं महानगरपालिकाले देशको प्रतिनिधित्व गर्नेछ । यसमार्फत देशका अन्य स्थानीय निकायले सिक्नेछ ।

महानगरका विभिन्न विभागमा प्रजातिका फलफूल रोपी ग्रिन सिटी प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ । मुख्य सडकहरूमा अर्नामेन्टल प्लाण्ट लगाई शहरी हरियाली सौन्दर्य अभिवृद्बि गर्ने भएको छ । कोटेश्वर तीनकुनेस्थित खुल्ला क्षेत्रलाई मौलिक पहिचानसहितको अन्तर्रा्ष्ट्रियस्तरको आधुनिक बुद्बपार्क निर्माण गर्ने भएको छ ।

महानगरपालिकालाई प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिने कार्यक्रममा उल्लेख छ । शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरूमध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १० जनालाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार दिने महानगरपालिकाले जनाएको छ ।

यस आर्थिक वर्षमा सबै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने कार्यक्रममा समेटिएको छ । महागरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिङ प्रणालीबाट मात्र लिने भएको छ । करको दायरा पनि बढाउने भएको छ ।

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको पहुँच बढाउन काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५ लाई कार्यान्वयन गर्ने कार्यक्रममा उल्लेख भएको छ ।

इन्द्रजात्रालाई विश्वव्यापी गर्न काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध तथा सहकार्य भएका सहरहरूका मेयर तथा प्रतिनिधिहरूलाई इन्द्रजात्राका अवसरमा विशेष आमन्त्रण गर्ने कार्यक्रममा उल्लेख भएको छ । सर्वसाधारणको हितको लागि सार्वजनिका शौचालयमा पहुँच वृद्बि गर्न रेष्टुरेन्ट, सपिङ्ग मल, पेट्रोल पम्पमा अस्पताल र सार्वजनिक संस्थाहरूसँग सहकार्य गर्ने कुराहरू कार्यक्रममा स्पष्ट पारिएको छ ।

घरघरमै भत्ता कार्यक्रममा सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ। प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मानका अभियन्ता पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा ’मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समर्पित व्यक्तित्वहरुलाई ’गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ बाट गरिने भएको छ ।

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको पहुँच बढाउन काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ लाई कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिकाले २०७६-०७७ को नीति कार्यक्रमबाट १५अर्ब, ५० करोड, ७० लाख , १२ हजार बराबरको बजेट पास गरेको हो ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्