Logo
१२ बैशाख २०८१, बुधबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचानक आएको बाढीले प्रदेश १ को दुहवीमा १० घर बगायो, ३० घर उच्च जोखिममा

प्रदेश १ स्थित सुनसरीको दुहवी ४ स्थित रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बाढीले कटान गर्दा १० घर बगाएर लगेको छ भने ३० घरहरु उच्च जोखिममा रहेको छ । केहि घरहरु क्षतिग्रस्त भएको छ ।

बुढी खोला र टेङग्रा खोलामा आएको बाढीको कटानले नजिकै रहेको वस्तीका मोहन घिमिरे, नाथुराम चौधरी, ह्रदयलाल सहनी, राजु सहनी, सुरेन्द्र शर्मा, नुरहसन मियाँ, सकिल मियाँ र कुदुस मियाँको १० घरहरु बगाउँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

मानविय क्षति भने न भएको बताइएको छ । ८ परिवारका ४१ जनालाइ नेपाल प्रहरीको सहयोगमा दुहवी ४ स्थित वि.पि. आधारभुत विद्यालय र मर्दसा इस्लाहुलमा राखिएको दुहवी ४ का वडाध्यक्ष राजन बस्नेतले बताए ।

क्षति कम गर्न र राहत जुटाउँन अहोरात्र खट्ने बताउँदै वडाध्यक्ष बस्नेतले बुढी खोला र टेङग्रा खोलामा तिव्ररुपमा कटान भइरहेकोले सर्तकता अपनाएर सुरक्षित स्थानमा आउँन वडा कार्यालयले अनुरोध समेत गरेको जनाए ।

 

 

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्