Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मी अपडेट : पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, ६ सय परिवार घरबारविहीन

गुल्मी : प्राकृतिक विपद्का कारण यतिबेला गुल्मीको सत्यवती गाउँपालिका शोकमा डुबेको छ ।

पहिरोले उक्त गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या बढेर अहिले १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री र्पुयाइएको छ ।

बुधबार साँझ हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा र्पुयाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा र्पुयाइएको हो ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्