Logo
१२ बैशाख २०८१, बुधबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी र शौचालयको संकट, सुरुङ खन्दै कामदार, ५ स्थानमा बगैंचा निर्माण (फोटोफिचर)

बुधवार देशभरबाट थरी-थरीका तस्विरहरु सार्वजनिक भएकाछन् । कहिँ खानेपानी र शौचालयको संकटको तस्विर सार्वजनिक भयो भने कतैबाट सुरुङ खन्दै कामदारहरुको तस्विर आयो, त्यस्तै ५ स्थानमा बगैंचा निर्माण भएको तस्विर पनि सार्वजनिक भएको छ ।

हेर्नुस् फोटो-फिचर : 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार विचवास्थित वीरेन्द्र सामुदायिक वनमा बुधबार वृक्षरोपण गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेश सदस्य महेशदत्त जोशी, प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यलगायत । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
दोर्दी गाउँपालिका– ६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको सुरुङको काम गर्दै कामदार । पावरको मुख्य सुरुङ मार्ग । तस्वीर : जनक श्रेष्ठ
दोर्दी गाउँपालिका– ६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको सुरुङको काम गर्दै कामदार । पावरको मुख्य सुरुङ मार्ग । तस्वीर : जनक श्रेष्ठ
खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित पुरोनो बेसक्याम्पमा जमेको हिलोको दलदल । लगातारको वर्षापछि जमेको हिलोका कारण पैदल यात्रुलाई सबैभन्दा सास्ती भएको छ । तस्वीर : केदार मगर
तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित भिमभैरव मोटरमार्गको विभिन्न खण्डमा फूलबगैंचा निर्माण गर्दै । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पाँच स्थानमा बगैंचा निर्माण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने
विसं २०७२ बैसाख १२ गते शनिबार गएको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोट विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार ।। चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि पुनर्निर्माण शुरु गरिएको छ । तस्वीर : रामहरि न्यौपाने
चार वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको तादी गाँउपालिका–३ खरानीटार स्थित अमरज्योति माध्यमिक विद्यालयको छात्रावास भवन । उक्त भवनको पुर्ननिर्माण नहुँदा विद्यालयको छात्रावास सुविधा प्रभावित भएको छ भने जीर्ण भवनले जोखिम समेत बढाएको छ । तस्वीर : रामहरि न्यौपाने ।
वर्षाका कारण डोल्पाको जुफालस्थित विमानस्थलमा चार दिन देखि हवाईजहाज नआएपछि उपचारका लागि जान लागेका विरामी विमानस्थलमा अलपत्र । तस्वीर हेमन्त केसी ,जाजरकोट
अव्यवस्थित थापाथलीस्थित कालोमोचनघाट । गोरखा भूकम्पबाट जीर्ण यहाँका सन्यासी, बैरागी र उदाशी अखण्डामा खानेपानी र शौचालयको संकट छ । रकम अभावले बाबाहरुलाई दैनिक पूजाआजा गर्न पनि कठिनाइ भएको छ । तस्वीर समुन्द्रा घिमिरे
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धितालमा स्थानीय पूर्णाखर तिमिल्सिनाले शुरु गर्नुभएको माछापालन व्यवसाय । उहाँले तीनवटा पोखरी निर्माण गरेर माछापाल्न शुरु गर्नुभएको छ । तस्वीर : कृष्ण दवाडी
कास्कीको लेखनाथ क्षेत्रमा गरिएको प्लटिङ । कृषि प्रधान देश नेपालमा उत्पादन योग्य जमिन प्लटिङ हुँदै वस्तीमा परिणत बन्दै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । तस्वीरः वासुदेव पौडेल

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्