Logo
११ बैशाख २०८१, मंगलबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साइनो’ को ‘क्या बात छ…’ बोलको गीतमा नीताको दमदार आइटम (भिडियोसहित)

काठमाडौं :  साउन २४ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म  ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘साइनो’ नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दको निर्माण रहेको पहिलो फिल्मको सिक्वेल हो ।

मिना निरौलाको स्वर रहेको ‘क्या बात छ…’ बोलको गीतमा यमन सुवेदीको शब्द र किरण भुषालको संगीत रहेको छ । गीतमा अभिनेत्री नीता ढुंगानाको आकर्षक नृत्यकासाथै अभिनेता राजकुमार र राजा राजेन्द्र पोखरेलको पनि नृत्य देख्न सकिन्छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । अभिमन्यु निरबीले लेखेको फिल्मका शरण थापा कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्