Logo
१५ चैत्र २०८०, बिहीबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कप्तान ज्ञानेन्द्रको अर्धशतकमा नेपालले जित्यो मलेसियाविरुद्ध दाश्रो खेल

काठमाडौँ :  सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतले ठूलो मद्दत पुर्याएको हो ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेटको क्षतिमा हासिल गर्यो ।

कप्तान खड्काले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले ५ चौका र ३ छक्का हिर्काए ।

योसँगै कप्तान ज्ञानेन्द्र मल्लले नेपालको तर्फबाट आक्रामक पारी खेले । उनले सबैभन्दा छिटो ५० रनको कीर्तिमानी अर्धशतक बनाए । उनले २१ बलमा ५ चौका र ३ छक्का गरी ५१ रन बनाए । त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए । नेपालका प्रबल खेलाडीसामु कोही पनि चल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्