Logo
११ बैशाख २०८१, मंगलबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरले उठायो लक्ष्यभन्दा बढी राजश्व

विराटनगर :  आन्तरिक राजश्व कार्यालय विराटनगरले राजश्व संकलनमा उल्लेखनीय वृद्धि गरेको छ । कार्यालयले सो अवधिमा कूल रु ६ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ७ अर्ब १३ करोड ७८ लाख २४ हजार, लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा कूल रु ५ अर्ब २१ करोड ४२ लाख ३ हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख २१ हजार बढीले राजश्व सङ्कलन भएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

सङ्कलित राजश्वमा आयकर रु २ अर्ब ११ करोड ४४ लाख ९३ हजार, बहालकर रु १० करोड ९२ लाख ३८ हजार, ब्याजकर रु ७ करोड ५० लाख ८८ हजार, मूल्य अभिवृद्धिकर रु १ अर्ब ३७ करोड ७ लाख १२ हजार, अन्तःशुल्क रु ३ अर्ब ४२ करोड ६५ लाख ४१ हजार, स्वास्थ्य सेवाकर रु २ करोड ९९ लाख ४४ हजार र शिक्षा सेवाकर रु १करोड ३७ लाख ९१ हजार छन् ।

कार्यालयको मातहतमा ९६ हजार ५०८ करदाता रहेकामा भ्याट दर्ता सङ्ख्या ७ हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्