Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा कार्यालयमा आगजनी : विप्लव समूहको हात हुनसक्ने प्रहरीको अनुमान

सांकेतिक तस्बिर

डोटी :  सुदुरपश्चिम प्रदेशस्थित डोटी जिल्लामा गएराति वडा कार्यालयमा आगजनी भएको छ । गए राति करीब १ बजे जोरायल गाउँपालिका-४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । उनले भने, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए । उनले भने, “आगजनीबाट म र वडासचिव बस्ने कोठामा भएका सामान जलेका छन्, कसले जलायो अहिलेसम्म जानकारी आएको छैन ।”

उक्त आगजनीमा विप्लव समूहका कार्यकर्ताको हात हुनसक्ने प्रहरीको अनुमान छ । अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्