Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली ठिटोको नयाँ आविष्कार : जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने ‘हाइपरलुप’

उन्नाइसौँ शताब्दीमा बनेको रेल र बीसौँ शताब्दीमा बनेको हवाइजहाजको भरमा यो संसार चलिरहेको छ । अबको एक्काइसौँ शताब्दी रेल र जहाजलाई चुनौती दिन, त्योभन्दा पनि तीव्र गतिको उपकरण आविष्कार हुन गइरहेको छ ।

त्यो एक्काइसौँ शताब्दीको हुनेवाला नवीन आविष्कार हो – हाइपरलुप । वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’

आइतबार अमेरिकाको लस एन्जलसमा भएको विश्वव्यापी प्रतियोगितामा जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि अनुसन्धान गरिएको थियो । जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल रहेका छन् ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो ।

‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ उनले भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ प्रतिस्पर्धा जितेपछि पौडेलले आफ्ना खुशी व्यक्त गर्दै बताएका थिए ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्