Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिसिटी अस्पतालद्वारा प्रितम र आयुष सम्मानित, २ लाखको स्वास्थ्य बिमा

ललितपुर : जिटीभी सारेगामापा लिटिल च्यम्प्समा तेस्रो र चौथो हुन सफल भएका बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीलाइ नेपाल मेडिसिटी अस्पतालले सम्मान गरेको छ ।

सोमबार अस्पतालमा आयोजित एक कार्यक्रका बीच अस्पतालले आचार्य र केसीलाई सम्मान गरेको हो । आचार्य र केसी क्रमशः नेपालकै प्रथम खोजी बाल प्रतिभाको राष्ट्रव्यापी बाल गायन प्रतियोगिता ‘सुुरसाला आइडल जुनियर’ देखि जिटीभी सारेगामापा लिटिल च्यम्प्सको तेस्रो र चौथो हुन सफल भएका थिए ।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले २ लाखको स्वास्थ्य बीमा प्याकेज र सम्मान पत्रसहित गायकद्वय आचार्य र केसीलाई सम्मान गरेका हुन् । स्वास्थ्य बिमा प्रति आम नागरिकको धारणा परिवर्तन गर्न र बिमा सचेतना फैलाउनकै लागि बाल गायक द्वय आचार्य र केसीलाई स्वस्थ्य बिमा प्याकेजबाट सम्मान गरिएको अध्यक्ष महतोले बताए ।

अध्यक्ष महतोेले अन्तर्रा्ष्ट्रियस्तरमा गएर नेपाली टोपीको सान राखेर आउनु आम नेपालीको लागि गर्वको विषय भएको र यस्ता प्रतिभालाई उजागर गर्न हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा. महतोले भने, ‘अस्पतालमा सम्मान तथा सांगीतिक कार्यक्रमको आयोजना गर्नुको मुख्य कारण अस्पताल भित्र बिरामीले उपचारसँगै मनोरञ्जन पनि प्राप्त गरुन र बिरामीहरुलाई औषधीले मात्र होइन गीत संगीतले पनि उपचार गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।’

त्यसैगरी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले औषधीको साइड इफेक्ट भने तर संगीतको साइड इफेक्ट नहुने भएकाले मेडिसिटीमा आउने बिरामीका लागि गीत गाइदिन आयुष र प्रितमलाई आग्रह गरे ।

कार्यक्रममा गायकद्वय आयुष र प्रितमका संगीत गुरु अमृत क्षेत्रीले सुुरसाला आइडल जुनियरदेखि जिटीभी सारेगामापा लिटिल च्यम्प्ससम्मको यात्रा स्मरण गरे । उनले आयुष र प्रितम एक उदाहरणीय प्रतिभा भएको भन्दै अन्य थुप्रै बाल प्रतिभा समाजमा लुकेर रहेको बताए ।

उनले प्रतिभालाई अगाडि बढाउन अविभावकको अहम् भूमिका हुने भन्दै आफ्ना सन्तानको प्रतिभा पहिचान गरिदिन आम अभिभावकलाई आग्रह गरे । क्षेत्रीले बाल प्रतिभालाई उजागर गर्नकै लागि सुरसाला आइडल जुनियर २ को घोषणा गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा प्रितम र आयुषले नेपाली गीतसँगै सारेगामापामा गाउँदा निकै चर्चा बटुलेका हिन्दी गीतहरु गाएर सुनाएका थिए
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्