Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलसँग काम गर्ने कंगनाको चाहना : अक्ष्यलाई स्वास्थ्यमन्त्री र करिनालाई गृहमन्त्री बन्न सुझाव

मुम्बई :  कंगना रनावत विवादको घेरामा सधैँ घेरिरहने, चलचित्र क्षेत्रका मानिसहरुसँग झगडा परिरहने एक बोल्ड अभिनेत्री मानिन्छन् । उनको र अभिनयको तारिफ नगर्ने सायदै कोई होला ।

उनलाई बलिउडमा भएको नातावाद कृपावादलाई कत्ति पनि मन पराउदिनन् । उनी हिजोआज आफ्नो प्रदर्शनमा आउन लागेको चलचित्र ‘जजमेन्टल है क्या’ को प्रमोशनमा व्यस्त रहेकी छिन् ।

यही सिलसिलामा उनी हाँस्यकलाकार ‘कपिल शर्माको शो’ मा पनि पुगिन् । उनले त्यस कार्यक्रममा बलिउडका कलाकारहरु जो सँग आफूले काम गर्न चाहन्छिन्, उनीहरुको नाम पनि भनिन् ।

कंगनाले अगामी दिनहरुमा विक्किी कौशल र रणवीर सिंहसँग काम गर्न चाहेको बताइन् । साथै कंगनाले भविष्यमा आफू कपिल शर्मासँग पनि काम गर्न चाहेको बताइनु ।

अहिले कंगना राजकुमार रावसँग काम गर्दै छिन्। उनीहरुले यो भन्दा अगाडि ‘क्विन’ मा काम गरिसकेका छन् ।

कंगनाले कार्यक्रममा धेरैओटा प्रश्नको जवाफ दिइन्, कपिलले स्वास्थ्य मन्त्री बलिउडको कसलाई बनाउने भन्ने विषयमा ‘अक्ष्य कुमार’ को नाम लिइन् ।

आफ्नो स्वास्थ्य अनि फिटनेशको बारेमा अक्षय एकदमै सचेत छन् । यस्तै कंगनाले करीना कपूरले आफ्नो घर र त्यसका साथसाथै स्टारडमको पनि राम्रो व्यवस्थापन गर्न सक्ने हुनाले गृहमन्त्री बन्न सुझाउ दिइन् । यस्तै शाहरुख खानलाई अर्थ मन्त्री बनाउन सकिन्छ भनिन् ।

 

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्