Logo
१२ बैशाख २०८१, बुधबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवविवाहिता मिथिला-मधेशी महिलाहरुले मनाउने मधुश्रावणी पर्व आईतवारदेखि शुरु

जनकपुरधाम : मिथिला परिवेशका नवविवाहिता महिलाहरुले मनाउने मधुश्रावणी पर्व आईतवारदेखि शुरु भएको छ । साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि शुरु हुने मधुश्रावणी पर्व नवविवाहिताहरुले १५ दिनसम्म पतिको चिरायुको कामना गर्दै मनाउने गर्दछन् ।

मधुश्रावणी पर्वको पहिलो दिन आईतवारदेखि फुललोढी शुरु भएको छ । मधुश्रावणी पर्वमा शिव र पार्वती तथा नाग देवताको पूजा गर्ने गर्दछन् ।

नवविवाहिताहरुले माटोको नागदेवता बनाई १५ दिनसम्म प्रत्येक साँझ समुहमा गीत गाउँदै गई फुलपात टिपेर साँझ र विहान पुजा गर्ने चलन रहेको मधुश्रावनी पर्व मनाउन लागेकी जनकपुरकी प्रेरणा मिश्र (काजल)ले बताउनुभयो ।

पतिको चिरायु, दिर्घायु एवं सुखशान्तिको कामना गरि मनाउने हुनाले यो पर्वको निकै ठुलो महत्व रहेको उहाँको भनाई छ । प्रायः बाह्रमण, कायस्थ र सोनार जातीका नवविवाहिताहरुले यो पर्व पतिको दिर्घायुको कामना गर्दै मनाने गर्दछन् ।

साउन शुक्ल पञ्चमी तिथिका दिन देखी मधुश्रावणी शुरु भई १५ दिन पछी कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ । यो १५ दिनको अवधिमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ ।

भगवान गौरीशंकर र नागदेवताको पुजा गरेपछि अन्तिम दिन ‘टेमी’ कपासको वत्तीले बेहुलीको घुठ्ना र खुट्टाको पञ्जामा पोलेर ‘मधुश्रावणी’ पर्वको अन्त्य हुन्छ ।

वत्तीले पोलेपछी बेहुलीको खुट्टामा फोँका आउँदा उसको वैवाहिक जिवन राम्रो हुने धार्मिक जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्