Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : आमाले नै १२ वर्षकी छोरीलाई पर-पुरुससंग १५ दिनसम्म यौनसम्बन्ध गर्न लगाएपछि…!

जनकपुरधाम : प्रदेश २ स्थित महोत्तरीको भंगहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा दिल्लीमा १५ दिनसम्म बन्धक बनाएर बलात्कार भएको घटना सार्वजनिक भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ की १२ वर्षकी ती बालिकालाई उसकै आमाको सहयोगमा गत जेठ २७ गत स्थानीय ४० वर्षका सियाराम महतो दिल्ली पुर्याए ।

बालिकाको आमाको सियारामसंग हिमचिम एवं अनैतिक सम्बन्ध भएको कारण उसकी आमा पनि छोरीलाई संगै लिएर दिल्ली पुगेकी थिइन् । दिल्लीको एउटा कोठामा बन्धक बनाई १५ दिनसम्म चरम यौनशोषण गरेको बालिकाले पीडा सुनाइन् । अचानक आमाछोरीलाई सियारामले संगै दिल्ली लगेका थिए ।

खोजविन गर्दा झण्डै १२ दिनपछि सियारामले दिल्ली लगेको खुलेपछि बालिकाकी ठुलीआमा (मौसीले) जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहिनी र छोरीलाई सियारामले दिल्ली लगेको भनी सियाराम र उनका बुबा रामअशिश महतोमाथि निवेदन दिएकी थिइन् । त्यसपछि असार १६ गते साँझ सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर प्रहरीमा निवेदन दिएको कारण सियाराम र बालिकाकी आमा फेरी फरार भएका छन् ।

दोषीले उन्मुक्ति पाउँदैन : प्रहरी 

फरारपछि स्थानीयको सहयोगमा बालिकाले गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेका सियाराम, उक्त घटनामा सहयोग गरेका सियारामका बुबा रामअशीस महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी छन् ।

दिल्लीबाट फर्केकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । ‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । मुख्य पीडक र बालिकाकी आमा फेरी भारततिर भागेकी छन् ।’ उपरीक्षक अधिकारीले भन्नुभयो ‘ हामी खोजविन गरिरहेका छौं । यो गम्भीर प्रकृतिको घटना हो । पीडकले कुनै पनि हालतमा उनन्मिुक्ति पाउँदैन ।’

बुबा वेपत्ता भएपछि सियारामसंग आमाको हिमचिम, छोराछोरीको बिचल्ली

चमार समुदायकी ती बालिकाकी बुबा एकवर्षदेखि वेपत्ता छन् । उनकी बुबा वायाँ खुट्टाले अपांग छन् । निकै दयनीय आर्थिक विपन्नताको कारण बुबा होटेलमा मजदुरी गरेर घरपरिवार चलाउँथे । एकाएक मानसिक सन्तुलन गुमेपछि बुबा हराएका छन् । तर उनकी आमाले श्रीमानको खोजखबरमा कुनै ध्यान दिइनन् । बरु छिमेक सियाराममै मजदुरी गर्दा गर्दै उसैसंग हिमचिम गरिन् ।

बालिका दुई दिदीबहिनी र एक भाई गरी तीनभाई बहिना छन् । भाई १० वर्ष र कान्छी बहिनी ८ वर्षकी छन् । कान्छी बहिनी आमासंगै गएको बालिकाले बताइन् । कान्छो भाई र बालिका ठुलीआमाको शरणमा छन् । बुबा वेपत्ता र आमा यो घटना गराएर फरार भएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

बालिकाकी ठुली आमाले भनिन् ‘तीन छोराछोरी छन् । बहिन ज्वाँई अपांग थिए । पछि मानसिक सन्तुलन गुमेपछि हराए । तर मेरो बहिनीले श्रीमानको कुनै खोजविन गरिनन् । बरु उल्टै पर पुरुषसंग सम्बन्ध बनाए । र आज यो गतिमा पुर्याएकी छन् । मेरो घरको आर्थिक अवस्था उस्तै छ । म निकै समस्यामा छु । ’ उनले अन्याय र बिचल्लीमा परेकी ती बालिकालाई सहयोग गर्न सबैसंग गुहार गरिन् ।

चरम यौनशोषणले बालिकाको स्वास्थ्यमा समस्या, उपचारको लागि भौतारिदै

बालिका उत्ताबाट फर्केदेखि उसको स्वास्थ्यमा समस्या छ । बालिकाको चरम यौन शोषणले तल्लोबेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो स्वास्थ्य समस्या सृजना भएको छ । ‘तल्लो पेट कुनै कुनै बेला बेस्सरी दुख्छ, टाउको दुख्छ,’ आईतवार जनकपुरमा उपचार गराउन आएकी बालिकाले भनिन् ।

बालिकाको घरमा कोहि नहुँदा आर्थिक संकटले उपचार गराउन समेत समस्या भएको ठुलीआमाले पीडा सुनाइन् । ‘म हात जोडर विन्ती गर्छु, तपाईहरु यी अन्यायमा परेकी छोरीलाई सहयोग गरिदिनुस्, उपचारमा सहयोग गरिदिनुस् । आर्थिक संकटले प्रहरी प्रशासन धाउन र उपचार गराउन निकै संकटमा छु । ’

यसरी भयो घटना : 

मलाई आमाले जनकपुरमा संगै सरसफाईको काम गर्ने भन्दै तिमी पनि हिड्नुपर्छ भन्नुभयो । मैले ईन्कार गरे । म घरमै बस्छु । त्यसपछि आमाले ललाईफकाई गरेर मलाई जनकपुरसम्म हिड्नु भन्नुभयो । म पनि तयार भएँ । मआमासंगै घरनजिकैबाट बसमा चढे । तर आमाले धनुषाको सखुवा महेन्द्रनगर पुगेपछि बसबाट झर्न भन्नुभयो ।

मैले भने हजुरले जनकपुर जान्छु भन्नु भएछ, यहाँ किन ओर्लिनुभयो ? आमाले भन्नुभयो यहाँ केहि काम छ । बसबाट ओर्लेपछि सियाराम आए । त्यसपछि फेरी बसमा चढेर जनकपुर जाने भन्नुभयो । सबैजना बसमा चढ्यौ । जनकपुर अएपछि आमाले घुम्न ईण्यिातिर जानुपर्छ भन्नुभयो । मैले नाई भने आमाले हप्काउनु भयो । विभिन्न प्रलोभन दिनुभयो ।

सियारामले पनि हामी घुमेर भोली नै फर्किने बताए । जनकपुरमा फेरी जटहीको बस चढेर जटही हुँदै जयनगर पर्याए । जयनगरको रेल्बे चढेर दरभंगा पुर्याए । त्यहाँ पुलिसले सोधपुछ गर्यो । अमाले कतै प्रहरी र कसैले सोध्दा सियारामलाई बुबा भन्न लगाउनुभयो । म ईन्कार गरिरहेको थिएँ ।

आमाले कर गर्नुभयो । सियारामले पनि मलाई बुबा भन भन्दै विभिन्न धाकधम्की दिए । त्यसपछि मैले बाध्य भएर बुबा भन्न थाले । दुईदिनपछि साँझ दिल्ली पर्याए । त्यहाँ एउटा कोठा भाडा लिएको थियो । त्यहाँ पुगेपछि मलाई रिंगटा लाग्यो । सियारामले औषधि किनेर ल्यए । एकछिन पछि म औषधि खाएर निको भएँ । सियाराम र आमाले एउटै कोठामा सुत्न कर गरे । मैले भने म अलग्गै सुत्छु । सियारामले भने ‘मसंग धेरै पैसा छैन । एउटै कोठामा सुत्नुपर्छ ’ ।

म रोएँ कराएँ । म एउटै कोठामा सुत्दिन । आमा र सियारामले विभिन्न धाकधम्की दिए । सियारामले कुटपीट समेत गरे । घाँटी थिचेर ‘मारदिन्छु, काटदिन्छु । कसैले काम दिँदैन । जे भन्छु त्यो मान, गर ’ । म निकै डराएँ । त्यसपछि आमा र सियारामले भनेको कुरा माने । एउटै कोठामा एउटै ओछ्यानमा सुत्नुपर्यो । एकछेउमा आमा र अर्को छेउमा म । सुतेपछि सियारामले मुख थिच्दै मेरो कपडा फुकाले, जवरजस्ती गर्न थाल्यो । म रोए कराएँ ।

तर नत मेरो आमाले सुनिन्, नत सियारामले माने । त्यसपछि दिनरात सियारामले यसै गरी कुटपीट र यातना दिँदै १५ दिन बितायो । मलाई त्याँबाट भाग्न समेत दिएनन् । दुवैजनाको निगरानीमा थिएँ । पछि घरबाट फोन आएपछि मलाई लिएर फर्के । र बाटोमा धाकधम्की, प्रलोभन दिँदै त्यहाँ भएको वृतान्त कसैलाई नभन्नु भन्दै आए ।

याहाँ असार १६ गते साँझ घर आएँ । त्यसपछि विहानै फेरी आमा र सियाराम भागे । म निकै समस्यामा छु । मेरो स्वास्थ्यमा समस्या छ । भाईबहिनी बिचल्लीमा छ । हामीलाई न्याय दिलाउन, उपचार गराउन तपाईहरु सहयोग गरिदिनुस् ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्