Logo
११ बैशाख २०८१, मंगलबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् नेकपाका ७७ ओटै जिल्ला र ६ महानगरको इञ्चार्ज-सहइञ्चार्ज (सूचीसहित)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता भएको १४ महिनापछि ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्य्बिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो ।

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि मंगलबार बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले बताए । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्