Logo
१५ चैत्र २०८०, बिहीबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि सो प्रतिष्ठानले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।

प्रतिष्ठानले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् ।

प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्