Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषको भाग्य चम्काउने महिलामा हुन्छन् यस्ता ११ चिह्न

धर्मशास्त्रमा विभिन्न तथ्य तथा रोचककुराहरु उल्लेख गरिएको हुन्छ । शास्त्रले महिलाका बारेमा पनि थुप्रै रोचक कुराहरु बताइएका छन् । जस्तै महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु हुन्छन् जसका कारण उनीहरु पुरुषका लागि भाग्यमानी सावित भएको शास्त्रको दाबी छ ।

तसर्थ यस्ता युवतीसँगको विवाह वा संगतले तपाईको भाग्यलाई नयाँ दिशा प्रदान गर्छ अथवा भाग्य नै चम्किने विश्वास गरिन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।
भाग्यमानी महिलामा हुने ती ११ चिह्नहरु यसप्रकार छन् :

  • कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
  • पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
  • यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
  • कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।
  • हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
  • आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।
  • कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
  • यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
  • निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
  • समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
  • कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्