Logo
८ बैशाख २०८१, शनिबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिवालय बैठकको पुर्वसन्ध्यामा दुवैपक्षले किन राखियो छुट्टाछुट्टै बैठक!

काठमाडौँ : पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक चलिरहेको छ ।

आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।

यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्छुटै बैठक बसेका थिए । शनिबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने, आइतबार बिहान पूर्व माओवादी केन्द्रपक्षधर नेताहरुको बैठक बसेको थियो ।

सचिवालय बैठकको पुर्वसन्ध्यामा दुवैपक्षले आ-आफ्ना धारणा तय गर्न बैठक राखेका हुन् । यसअघि दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच संख्यामा सहमति भएपनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमति भइसकेको छ ।

नेकपाको महत्वपुर्ण विभागहरुमध्ये अर्थ,संगठन, प्रचार र विदेश विभाग कसले पाउछन् भन्ने चासो बढ्दै गएको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्