Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल अस्पतालले घुँडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै प्रदर्शन

सुनसरी/ घुँडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै बिराटनगरको नोबेल अस्पताल तनावग्रस्त भएको छ । एसियन थाइफुड रमपम उद्योगका प्रोडक्सन इञ्चार्ज दुहबी ६ निबासी अनिल कुमार साह लाई नोबेल अस्पताल का डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै प्रदर्शन गरेका
हुँन । आइतवार विहान आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरि नाराबाजी गरेका हुँन ।

सामान्य विरामीलाई मृत्युको मुखमा अस्पतालकै कारण पुगेको भन्दै प्रदर्शन गरेका हुन । अहिले अस्पतालमा दुहवीका करीब दुई सय स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन । स्थानीयहरुले कार्वाही को माग गर्दै यता दुहबी बजार समेत बन्द गराइ कोशी राजमार्ग ठप्प पार्ने बताइएको छ । असार २६ गते रमपम उद्योग हाताभित्र लडेर घुँडामा चोट लागेका साहलाइ उपचारकोलागि नोबेल अस्पताल ल्याइएको थियो । नोबेल अस्पताल का डाक्टर संदिप अधिकारीले डराउँने कुनै कारण न भएको भन्दै वेण्डीस गरेको सोही उद्योगमा काम गर्ने कर्मचारी चन्द्रमान श्रेष्ठले वताए ।

डाक्टर संदिप अधिकारीले १ हप्तापछि आउँनु भनेपछि असार ३ गते साहलाइ अस्पताल ल्याउँदा एक्सरे गरेपछि घुँडाको हड्डी चक्रिएर सरेकोले अप्रेसन गर्नुपर्ने भनिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार डक्टरले शुक्रवार २ बजे घुँडाको अप्रेसन गरेपछि ५ बजे अवस्था खराव भएकोले आइसियुमा राखिएको जानकारी दियो । शनिवार मुटुको धडकन बन्द भयो भनेर भेन्टीलेटरमा राखिएको भन्दै साहलाइ हेर्न खोज्दा हेर्न समेत न दिएको अनिल साहका भाइ प्रदिप साहले बताए । आइतवार विहान ६ बजे साहको ज्यान गएको अस्पताल प्रशासनले बताएपनि ८ बजेपछि मात्र जानकारी दिएपछि कारवाहीको माँग गर्दै आफुहरु प्रदर्शनमा उत्रिन बाध्य भएको प्रदिप साहले बताए । सिकारु डक्टरहरुबाट यस्तो घटना न दोहोरियोस भनेर आफुहरु क्षतिपूर्ति भन्दा कारवाहीको माँग गरिरहेको साहले जनाए । अहिले अस्पताल परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्