Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धमूर्ति तोडफोडबारे सुरक्षा प्रमुखसँग मुख्यमन्त्री पोखरेलले गरे यस्तो छलफल

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध मूर्ति तोडफोडबारे चासो दिएका छन् ।

जिल्लाका सुरक्षा प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पोखरेलले गत बिहिबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका ५ वटा बुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्