Logo
८ बैशाख २०८१, शनिबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवाको विज्ञापन खारेज गर्न सत्तारुढ समाजवादी पार्टीको माग

बुटवल : समावेशी सिद्धान्त विपरित भएको दाबी गर्दै लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सत्तारुढ समाजवादी पार्टी नेपालको प्रदेश ५ समितिले माग गरेको छ ।

समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन् ।

९ हजार १ सय ६१ सिटका लागि खोलिएको विज्ञापनमा साढे ४१ हजारले आवेदन दिएका थिए । लोकसेवा विज्ञापन विरुद्ध चौतर्फी आलोचना भैरहँदा सरकारी अधिकारीहरुले भने विज्ञापन खारेज भए उनीहरुको भविष्य अन्यौलमा पर्ने बताउँदै आईरहेका छन् ।

लोक सेवा आयोगले स्थानीय तहको लागि खोलेको विज्ञापनअनुसार शुक्रबारबाट देशभर परीक्षा जारी छ । र, सबै केन्द्रहरुमा उत्साहजनक सहभागीता रहेको लोक सेवाले जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार शुक्रबार र शनिबारको परीक्षामा ८४ प्रतिशत सहभागीता छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्