Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित गायिका इन्दिरा भट्टराईको तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन् । तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।

वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विशेष गीत ल्याएकी हुन् । काठमाडौंमा समारोहको आयोजना गरी गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन् ।

भट्टराईले नेपाली मौलिकतालाई अटाइएको गीतमा विशेषतः आममहिलाहरु आपसमा एकताको सुत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ । ‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा अलि विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शनस्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौं,’ गायिका भट्टराईले भनिन् ।

कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत-संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताए ।

‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छिन् । कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन् । सुदीप सागरको संगीत संयोजन तथा राजु केसीको छाँयाङ्कन रहेको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् । प्रस्तुति इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको रहेका छ ।

 

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्