Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल लोक स्टार’ को उत्कृष्ट २५ मा प्रदेश २ का रविराज साह पहिलो नम्बरमा छनोट (भिडियो सहित)

नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’ को पहिलो सिजनको उत्कृष्ट २५ मा प्रदेश २ स्थित सर्लाही जिल्लाका रविराज साह पहिलो नम्बरमा छनोट भएका छन् ।

पहिलो पटक प्रादेशिक स्तरमा अडिसन भएको नेपाल लोक स्टारको उत्कृष्ट २५ मध्ये साह प्रथम नम्बरमा आएका हुन् ।

७ प्रदेशमा प्रादेशिक तथा काठमाडौंमा निर्णायक ‘जज’ अडिसन सम्पन्न भएपछि भएको मेगा अडिसनमार्फत उनी छनोट भएका हुन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका-४, पोखरिया निवासी २६ वर्षीय साहले जनकपुरमा भएको प्रदेश नम्बर २ को अडिसनमा मैथिली पहिरनमा “ कवना नगरीया मोरा सैयाँजी के डेरा” बोलको गीत गाएर छनोट भएका थिए ।

काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका साहले “गोर गोर देहिया ओपर धनि रङ चुनरिया‘” बोलको भोजपुरी गीत गाएका थिए ।

बच्चैदेखि संगीतमा रुचि राख्ने साहले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् । हाल उनी भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय संगीतका विद्यार्थी हुन् उनी रेडियो नेपालबाट स्वर परिक्षा समेत पास गरिससकेका छन् ।

नेपाल लोक स्टार हरेक विहीबार तथा शुक्रबार राति ८:३० बजे एपी वान टेलिभिजन तथा नेपाल लोक स्टार यूट्यूब च्यानलमार्फत प्रशारण हुने गर्दछ ।

हेर्नुस् भिडियोहरु :

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्