Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पकिस्तानी प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच ह्वाइट हाउसमा गम्भीर छलफल

पाकिस्तानी प्रधानमन्त्री इमरान खान ३ दिने औपचारिक भ्रमणका लागि संयुक्त राज्य अमेरिकाको वासिङ्गटन पुगेका छन् । द्विपक्षीय सम्बन्ध सुधार्न र सहकार्यलाई चीरस्थायी बनाउन सँधै ढोका खुला रहेको बताउँदै ह्वाइट हाउसले पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको हो ।

अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार प्रधानमन्त्री खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भोलि द्विपक्षीय सहयोग र आपसी हितका विषयमा विस्तृत छलफल हुने भएको छ । उक्त भेटमा खान र ट्रम्पबीचमा शान्ति, स्थायीत्व र आर्थिक समृद्धिका विषयमा गहन छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री खानले अमेरिकी कंग्रेसका विशिष्ट नेताहरुसँग अन्तरक्रिया गर्नुका साथै अमेरिकामा बसोबास गर्दै आएका पाकिस्तानीसँग छलफल गर्ने कार्यक्रम छ ।

शान्त छिमेकको नीति लिएर अगाडि बढेका प्रधानमन्त्री खानको भ्रमण र पाकिस्तानलाई उपलब्ध हुँदै आएको सुरक्षा सहयोग रोकिएको विषयमा पत्रकारले सोधेका प्रश्नको प्रतिक्रिया दिँदै अधिकारीहरुले भनेका छन् “ठूलो सुरक्षा सहयोग अझै रोकिएको छ,” राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को जनवरीदेखि पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सहयोगलाई रोकेका थिए ।

“अफगानिस्तान र लस्करे ताइवा तथा जइशे महोमदसँगको हाम्रो सुरक्षा चासोमा यदि पाकिस्तानले केही निश्चित वस्तुमा ध्यान दिए हामी विचार गर्न सक्छौँ”, अमेरिकी अधिकारीले संवाददातालाई भनेका छन् । थप प्रष्ट गर्दै ती अधिकारीले भनेका छन्न्, “अन्यथा सुरक्षा सहयोगका विषयमा कुनै परिवर्तन हुँदैन ।”

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्