Logo
|| July 20, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव कार्यकर्ताको दादागिरी, गरे वडा कार्यालयमा तोडफोड

दैलेख :  कर्णाली प्रदेशको दैलेखमा पर्ने आठवीस नगरपालिका १ को वडा कार्यालयमा तोडफोड गरिएको छ । सात्तलामास्थित वडा कार्यालयमा शुक्रबार राति भएको तोडफोडमा विप्लव समूहका कार्यकर्ताको हात रहेकोे स्थानीवासीले बताएका छन् ।

उक्त तोडफोडबाट वडा कार्यालयका झ्याल र ढोकामा क्षति पुगेको छ । नजिकैको मेडिकलमा बिरामी लिएर गएका १५ जना स्थानीयले कार्यालयको मुख्य ढोकाको ताला फोड्ने क्रममा देखेपछि ती कार्यकर्ता भागेका स्थानीयको भनाइ छ ।

कार्यलय परिसरबाट सल्लाको खोटोको कुल्पिसमेत भेटिएको छ । वडा कार्यालयमा आगो लगाउने उद्देश्यले उक्त सामाग्री ल्याएको हुन सक्ने आशंका गरिएको छ । विप्लवका कार्यकर्ताले कार्यालयको भित्तामा नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्यूरो भनेर पर्चा समेत टाँसेका छन् ।

उक्त घटनापश्चात् अहिले दैलेखको सुरक्षा अवस्था कडा बनाइएको छ र सो घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार १४:३०

प्रतिक्रिया दिनुहोस्