Logo
७ बैशाख २०८१, शुक्रबार
(July 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा परीक्षामा अवरोध सिर्जना गर्ने ४ जना प्रहरी हिरासतमा

खोटाङ :  प्रदेश १ स्थित दिक्तेलमा लोकसेवा आयोगको परीक्षमा अवरोध सिर्जना गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

शनिबार दिक्तेलका विभिन्न परीक्षा केन्द्रमा आयोगको ५औँ तहको परीक्षा चलिरहेको बेला अवरोध पुर्याएको भन्दै प्रहरीले ती ४ जनालाई हिरासतमा लिएका हुन् । पक्राउ पर्नेमा नेपाल आदिवासी जनजाति महासंघका खोटाङ सचिव रबिन खम्बु, महासंघका सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामे रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययका अनुसार दिक्तेल बहुमुखी क्याम्पस केन्द्रको परीक्षा बिथोल्ने प्रयास गरेकाले नियन्त्रणमा लिइएको बताएका छन् । प्रजिअ उपाध्यायका अनुसार हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएकाले नियन्त्रणमा लिइएको हो ।
परीक्षा केन्द्रमा पुगेका ४ जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए । उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ ।
संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाति महासंघ एवं आदिवासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश १ बन्द गरेको जनाएको छ । बन्दका कारण खोटाङका वजार तथा यातायात सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति: Jul 20, 2019

प्रतिक्रिया दिनुहोस्