Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्का नाराबाजी सहित प्रधानमन्त्री ओली र मन्त्री पण्डितको पुत्ला दहन (हेर्नुस् तस्विरहरु)

प्रधानमन्त्री र संघीय मामिलामन्त्रीकै अगुवाईमा अराक्षण हटाउने कार्य भएको भन्दै आन्दोलनकारीहरुले आज उनीहरुको पुत्ला दहन गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओली र मन्त्री लालबाबु पण्डितको विरुद्धमा चर्का नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध भन्दै उक्त आन्दोलनकारीहरुले आज पुत्ला दहन र प्रदर्शन गरेका हुन् ।

‘आरक्षण बचाउ आन्दोलन’ का नाम दिइएको उक्त प्रदर्शनको आयोजना तराई मधेस राष्ट्रिय परिषदले गरेको हो ।

काठमाडौंको इन्द्रचोकमा गरिएको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै परिषदको नेतृत्वले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध बोलेको थियो ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्