Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसबाट निर्वा्चित वडा अध्यक्षले नेकपाकाबाट निर्वा्चित वडा अध्यक्षलाई कुटेपछि…

ओखलढुंगा : गत असार ३० गते दिउँसो गाउँपालिकाको कार्यालयमै काँग्रेसबाट निर्वा्चित वडा अध्यक्षले नेकपाकाबाट निर्वा्चित वडा अध्यक्षलाइ कुटपिट गरेको आरोप लागेको छ ।

चम्पादेवी गाउँपालिकामा वडा नम्बर ८ का वडा अध्यक्ष अजय लुइँटेलले वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापामाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

थापाले गत असार ३० गते दिउँसो आफु गाउँपालिकाको कार्यालयमा काम गरिहरको स्थानमै मादक पदार्थ सेवन गरी आएका लुइँटेलले एक्कासी कुटपिट गरेको भन्दै सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुरी दर्ता गराएका हुन् ।

गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने कुनै अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ । स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड प्रहरीमा बुझाएका छन् । थापाको कुटपिटबाट खुट्टामा समान्य चोट लागेको छ ।

सहकर्मी कुट्ने लुइँटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले बताए । उनले उजुरी र अडियो सुनेपछि लुइँटेललाई हाजिर गराउन प्रहरी खटाइएको जानकारी दिए । यस बिषयमा वडा अध्यक्ष लुइँटेलको प्रतिकृया लिन खोज्दा उनी सम्पर्क बिहिन छन् ।

उनको मोवाईलसमेत अफ रहेको छ । प्रहरी प्रमुख मल्लले लुइँटेल सम्पर्कमा आएपछि उजुरीमाथि छानविन गरिने प्रतिकृया दिएका छन् । लुइटेल काँग्रेसबाट निर्वा्चित वडा अध्यक्ष हुन् भने थापा नेकपाकाबाट निर्वा्चित वडा अध्यक्ष हुन् ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्