Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसका केन्द्रीय सदस्य बस्नेतले भने- मेरो बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेका छन्

काठमाडौँ : ६१ करोड रुपैयाँ प्रणामी बचत तथा सहकारी संस्थामा राखेको समाचार नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आज पत्रकार सम्म्ेलन गरेका छन् ।

पत्रकार सम्मेलनकै क्रममा बस्नेतले आफुलाई बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेको आरोप लगाएका छन् ।

उनले सो सहकारीमा आफ्नो तथा आफ्नो परिवारका कसैको पनि खाता समेत नभएको भन्दै सहकारीले समेत त्यसवारे प्रस्ट्याई सकेको दावी गरेका छन् । ‘मलाई राजनीतिक र सामाजिक दुवै हिसावले बदनाम गर्ने नियतले यस किसिमको तथ्यहिन कपोकल्पित कुरा बाहिर ल्याएको हो ।

यसरी बदनाम गर्न सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का व्यक्तिहरुकै संलग्नता देखिन्छ’ बस्नेतले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनेका छन् ।

उनले मिडिया काउन्सिल विधेयक स्वतन्त्र मिडियाको पक्षमा नभएकाले विरोध गर्दै आएको र त्यसमा सत्तारुढ दलका नेताहरुलाई पाच्य नभएपछि आफुविरुद्ध षड्यन्त्र रचिएको बस्नेतको भनाई छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्