Logo
७ बैशाख २०८१, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्र मन्त्री ज्ञवालीद्वारा मृत्यु पश्चात अङ्गदानको घोषणा

काठमाडौँ : पछिल्लो समय नेपालमा पनि अङ्गदान गर्ने व्यक्तिहरुको संख्या बढ्दै गईरहेको छ । सोहि क्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि आज अङ्गदान गरेका छन् ।

मन्त्री ज्ञवालीले आज मृत्यु पश्चात मृगौला, मुटु, फोक्सो, कलोजो, प्याङक्रियाज, सानो आन्द्रा अङ्ग दान गरेका हुन् ।

उमेरले ५८ वर्ष पुगेका ज्ञवालीको यी ६ अङ्ग मृत्यु पश्चात आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने छ ।
मृत्यु पश्चात अङ्ग दान गर्ने हो भने एक व्यक्तिको अङ्गबाट धेरै नागरिकले नयाँ जीवन पाउन सक्छन् ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्