Logo
७ बैशाख २०८१, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कार्वाही गर्न राप्रपाको माग (विज्ञप्ति सहित)

काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गमा भएको भगवान बुद्धको मूर्ति तोडफोडको घटनाले मर्माहत बनाएको जनाएको छ ।

सोहि पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले एक विज्ञप्ति जारी गरी सो घटनाले सम्पूर्ण नेपालीहरुलाई मर्माहत बनाएको बताएका हुन् ।

विज्ञप्तिमा यस्तो धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न समेत माग गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मेडिएनमा राखिएका बुद्धमूर्तीे गत बिहिबार मात्र अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको थियो ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्