Logo
६ बैशाख २०८१, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई घाँटीमा समस्या : केहीदिन नबोल्न चिकित्सकको सल्लाह

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको घाँटीमा समस्या देखिएको छ ।

बिहीबारदेखि घाँटीमा (टन्सिल) को समस्या देखिएपछि अध्यक्ष प्रचण्ड ललितपुर खुमलटारस्थित निवासमा आराम गरिरहेका छन् ।प्रचण्डलाई चिकित्सकले केहीदिन नबोल्न सल्लाह दिएका छन् ।

घाँटीमा समस्या आएपछि अध्यक्ष प्रचण्डको शुक्रबारको सबै कार्यक्रम स्थगित गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । साथै केहीदिनका लागि नेता तथा कार्यकतालार्ई प्रचण्डसँग भेटघाट गर्न समेत रोक लगाएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्