Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काबुल विश्वविद्यालयमा बम विस्फोट : ४ जनाको मृत्य, ८ जना घाइते

काबुल :  अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

उक्त विस्फोट स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ : १० बजे भएको प्रहरीले जनाएको छ । काबुल विश्वविद्यालयमा स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको प्रत्यक्षदशीैले बताएका छन् । सो घटनामा घाइते भएका ८ जनामध्ये १ जना भने किशोरी रहेको जनाइएको छ ।

यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । (सिन्ह्वा)

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्