Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको हो : विप्लव

काठमाडौँ :  सुदुरपश्चिमस्थित कैलाली जिल्लामा हिजो बिहीबार भएको बम बिस्फोटको जिम्मा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।

पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा भनिएको छ । उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य ४ जना घाइते छन् । सिंह आफैले बोकेको बम विष्फोट हुँदा भएको योघ टनाको मुख्य जिम्मेबारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टीका कैलाली जिल्ला इन्चार्जले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्