Logo
८ बैशाख २०८१, शनिबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मारुनी’को ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक

काठमाडौं :  साम्राज्ञी र पुष्पको आगामी चलचित्र ‘मारुनी’ को गीत सार्वजनिक गरिएको छ । प्रचारमा सहयोग पुग्ने गरी ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने भनिएको छ ।

सो गीतमा मेलिना राईको स्वर छ भने सुरेश वाग्लेका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् ।

गोविन्द फुयाँल र नवल नेपालले लेखेको यो फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन र पुनम गौतमको लगानी रहेको छ ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा पुष्प र साम्राज्ञी शीर्ष भूमिकामा रहेका छन् । त्यसका अलावा अन्य कलाकारजस्तै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, विनोद भट्टराईको समेत अभिनय रहेका छन् ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्